बसको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर

तनहुँ | जेठ १०, २०७९

बसको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर

दमौलीः   व्यास नगरपालिका ५ तल्लो गुणादीमा सडक दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।

 

ग २० प ६३३६ नम्बरको स्कुटरलाई पोखराबाट विराटनगर जाँदै गरेको ना ४ ख ८४४५ नम्बरको बसले ठक्कर दिँदा भिमाद नगरपालिका २ का ४० वर्षिया पवित्रा थापाको ज्यान गएको हो ।

 

ज्यान गुमाएकी थापाको दमौली अस्पतालमा उपचारको क्रममा ज्यान गएको बताइएको छ ।

 

स्कुटर चालक उनका २० वर्षिया छोरा सुशिर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनलाई थप उपचारको लागि पोखरा पठाइएको छ ।

फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ।    अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा ज...

थप पढ्नुहोस्

नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभिएल) को लागि  ६ मार्की खेलाडी चयन गरिएको छ।    अन्नपूर्ण स्पाइकर किंग्सका मार्की हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज, काठ...

थप पढ्नुहोस्

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

थप पढ्नुहोस्